काठमाडौं । दुई कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । बुधबार एशियन हाइड्रोपावरको ३४ लाख कित्ता र कालिञ्चोक दर्शनको ६० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
एशियन हाइड्रोपावरको शेयर नेप्सेले पहिलो दिनको कारोवारका लागि न्यूनतम ९९.६० रुपैयाँ र अधिकतम २९८.८० रुपैयाँ ओपनिङ रेञ्ज राखेको छ । त्यस्तै, कालिञ्चोक दर्शनको शेयर नेप्सेले पहिलो दिनको कारोवारका लागि न्यूनतम ७८.१५ रुपैयाँ र अधिकतम २३४.४५ रुपैयाँ ओपनिङ रेञ्ज राखेको छ ।
बुधबार नेप्सेमा सुचीकृत उक्त कम्पनीहरुको शेयर सुचीकृत भएसँगै दोस्रो कारोबारका लागि योग्य भएको छ ।