काठमाडौं । सानिमा लाइफ इस्योरेन्सको शेयर कारोबार रोक्का भएको छ । सानिम लाइफ इस्योरेन्स र रिलायन्स लाइफ इस्योरेन्स एक आपसमा गाभिएपछि भोली अथात् चैत ९ गतेबाट एकीकृत कारोबार हुने भएपछि सो कम्पनीको शेयर कारोबार बन्द हुने भएको हो ।
दुबै कम्पनीले भोलिदेखि एकिकृत कारोबारको शुभारम्भ गर्दै छन् । धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ती सम्बन्धी निर्देशिका २०७९ को दफा ९(२) को प्रयोजनका लागि कारोबार रोक्का राख्ने भएको हो ।
यी दुई कम्पनी बिच १ः१ को अनुपातमा मर्जमा जाने सहमति भएको छ । उक्त कम्पनीहरुले गत असार २९ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका थिए भने फागुन १८ गते नेपाल बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएका थिए ।
हाल सानिमाको चुक्ता पूँजी २ अर्ब ८ करोड रुपैयाँ छ भने रिलायन्सको २ अर्ब १० करोड रुपैयाँ रहेको छ । मर्जर पछि कम्पनीको चुक्त पुँजी ४ अर्ब १८ करोड रुपैयाँ नाघ्ने छ ।



