images
images

रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का


  • 295
    SHARES
  • २०७९ चैत्र ८ गते बुधबार

    रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का भएको छ । भोली बिहीवारदेखि सो कम्पनीको शेयर कारोबार बन्द हुने भएको हो । 


    सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स मर्जरभइ बिहीवारदेखि एकिकृत कारोबार गर्न लागेकाले सो कम्पनीको शेयर कारोबार रोक्का हुने भएको कम्पनीले जनाएको छ । 

    यी दुई कम्पनी बिच १ः१ को अनुपातमा मर्जमा जाने सहमति भएको छ । उक्त कम्पनीहरुले गत असार २९ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका थिए भने फागुन १८ गते नेपाल बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएका थिए । 

    हाल सानिमाको  चुक्ता पूँजी २ अर्ब ८  करोड रुपैयाँ छ भने रिलायन्सको २ अर्ब १०  करोड रुपैयाँ रहेको छ । मर्जर पछि कम्पनीको चुक्त पुँजी ४ अर्ब १८ करोड रुपैयाँ नाघ्ने छ ।


    images
    images

    Logo