काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ आज बिहान १० बजे बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो ।
आईपिओमा कुल १३ लाख ५६ हजार ३ सय ४१ जना आवेदकबाट १ करोड ५० लाख ८८ हजार ८ सय ८० कित्ताको लागि परेको थियो । तर ७ हजार ९ सय ९९ जनाको आवेदन रद्द भएको छ भने कुल १३ लाख ४८ हजार ३ सय ४२ जनाको आवेदन मात्र यो ग्य भएको छ ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिबाट १० कित्ताका दरले शेयर वितरण गरिएको छ जस अनुसार ४ लाख २४ हजार ८ सय ८५ जनाले १० कित्ता पाएका छन् भने ८ जना भाग्यमानीले ११ का दरले शेयर पाएका छन् ।