images
images

सगरमाथा जलविद्युत कम्पनीको आईपीओ आजदेखि


  • 375
    SHARES
  • २०७९ चैत्र ८ गते बुधबार

    सगरमाथा जलविद्युत कम्पनीको आईपीओ आजदेखि

    काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले आजदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्बाकन गर्न लागेको हो । 

    सो कम्पनीले कुल ४३ लाख ६८ हजार कित्ता आईपीओ निष्काशन गरेको छ । जसमध्ये ४ लाख ३६ हजार ८ सय कित्ता आईपीओ वैदेशिक रोजगारमा रहेका नेपालीहरुका निष्काशन गरी बाँडफाँट गरिसकेको छ भने २ लाख १८ हजार ४ सय  कित्ता सामूहिक लगानी कोषहरुका लागि र १ लाख ३१ हजार ४० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरि बाँकी रहेको ३५ लाख ८१ हजार ७ सय ६० कित्ता आईपीओ सर्वसाधारणका छुट्याईएको छ।

    सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। यस्तो निष्काशन बन्द छिटोमा चैत १२ गते हुनेछ भने ढिलोमा चैत २२ गते हुनेछ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। 


    images
    images

    Logo