images
images

दोल्ती पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 418
    SHARES
  • २०७९ चैत्र ७ गते मंगलबार

    दोल्ती पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । दोल्ती पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि आईपीओ निष्काशन गरेको थियो सो आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । । 

    कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ३६ लाख ४८ हजार ६ सय रुपैयाँ बराबरको प्रतिशेयर १ सय रुपैयाँ दरका ५ लाख ३६ हजार ४ सय ८६ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको छ। सोमध्ये अति प्रभावित क्षेत्र नौमुले र कालिका गाविस मा स्थायी बसोबास गर्ने स्थानिय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २ सय ४३ कित्ता, आयोजन प्रभावित क्षेत्र दैलेख जिल्लाका स्थानिय बासिन्दाहरुका लागि २ लाख ६८ हजार २ सय ४३ कित्ता शेयर बाँडफाँट गरिने कम्पनीले जनाएको छ।

    सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताासम्मका लागि आवेदन दिन सकिने छ ।  कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo