काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा पुगेको छ । साताको दोस्रो दिन नेप्सेमा ५२ लाख ५५ हजार २६ कित्ता शेयर १ अर्ब २९ करोड रुपैयाँ बराबरमा कारोवार भएको हो । आइतबार नेप्सेमा १ अर्ब ६ करोड बराबरको कारोवार भएको थियो । नेप्से गत मंगलबारबाट लगातार घटिरहेको थियो । जुन आज २२ अंकले बढेको हो ।
आज कारोवारमा आएका २१४ कम्पनीमध्ये १७८ वटाको शेयरमूल्य बढेको, ३३ वटाको शेयरमूल्य घटेको र ३ वटाको स्थिर रहेको छ । बजारका १३ उपसमूहमा सबैको सूचक बढेको छ ।
सोमबार कारोवारमा आएको १ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा यूनिक नेपाल लघुवित्त वित्तीय संस्था रहेको छ ।
आज आईएमई जनरल इन्स्योरेन्सको सबैभन्दा धेरै कारोवार भएको छ ।



