काठमाडौं । दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लुम्बिनी विकाश बैंक र साइन रेसुङ्गा विकाश बैंकको बोनस सोमबार नेप्सेमा सूचीकृत भएको हो ।
लुम्बिनी विकाश बैंकको ३ प्रतिशत बोनस शेयर बराबरको ९ लाख ८५ हजार २ सय ८७ दशमलव ७५ कित्ता शेयर र साइन रेसुङ्गा विकाश बैंकको १३.३० प्रतिशत बराबरको ५० लाख २८ हजार ७ सय ४१ दशमलव ९९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
सूचीकरणसँगै उक्त कम्पनीहरुको शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ ।