images
images

३ कम्पनीको साधारणसभा आज हुँदै, के-के छन् एजेण्डा ?


  • 397
    SHARES
  • २०७९ चैत्र ६ गते सोमबार

    ३ कम्पनीको साधारणसभा आज हुँदै, के-के छन् एजेण्डा ?

    काठमाडौं । ३ कम्पनीको साधारणसभा आज हुँदै छ । सोमवार न्यादी हाइड्रोपावर, खत्तड लघुवित्त र धौलागिीि लघुवित्तले साधारणसभा गर्न लागेका हुन् ।

    सभा घोषणा गरेका कम्पनीमा खत्तड लघुवित्त र धौलागिीि लघुवित्तले बिशेष साधारणसभा बोलाएको हो भने न्यादी हाइड्रोपावरले वार्षिक साधारणसभा बोलाएको हो । न्यादी हाइड्रोपावरले कार्की भोज, बबरमहल, काठमाडौंमा बिहाज ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले लेखा परीक्षकको नियुक्ति गर्ने, निर्देशकहरूको निर्वाचन गर्ने लगायतका एजेण्डा राखेको छ । 

    त्यस्तै, खत्तड लघुवित्तले होटल नमस्ते, अत्तरियामा बिहान १० बजे बस्नेगरि सभा बोलाएको छ । कम्पनीले धौलागिरी लघुवित्तसँग मर्जरका लागि शेयर स्वाप अनुपात अनुमोदन गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, लगायतका एजेण्डा रहेको छ । 

    त्यसैगरी, धौलागिीि लघुवित्तको बिशेष साधारणसभा डीसीआरडीसी बैठक हल बागलुङमा बिहान १० बजे बस्ने भएको छ । सो कम्पनीले खप्तड लघुवित्त बिच मर्जरका लागि शेयर स्वाप अनुपातको अनुमोदन गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने
    लगायतका एजेण्डा रहेको छ । 

    खत्तड लघुवित्त र धौलागिीि लघुवित्तल एक आपसमा मर्जरमा जान लागेका कम्पनी हुन् । 


    images
    images

    Logo