images
images

सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बाँडफाँडको मिति तोकियो


  • 2.7K
    SHARES
  • २०७९ चैत्र ५ गते आइतबार

    सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बाँडफाँडको मिति तोकियो

    काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर आईपीओ बाँडफाँडको मिति तय गरिएको छ । कम्पनीको आईपीओ चैत्र ८ गते बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँट हुने भएको हो । 

    कम्पनीले फागुन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो। लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिबाट १० कित्ताका दरले शेयर वितरण हुनेछ ।

    कम्पनीले सर्वसाधारणको लागि कुल ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गरेको छ । जसमध्ये २ लाख ४९ हजार ९ सय ३६ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि र ४ लाख ९९ हजार ८ सय ७५ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरिसकी ।  बाँकी रहेको ४२ लाख ४८ हजार ९ सय ८३ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरेको थियो। सो आईपीओ बुत्रवार बाँडफाँट गर्न लागेको हो । 


    images
    images

    Logo