images
images

९ अंकले घट्यो नेप्से, कारोवार रकम एक अर्ब माथि


  • 386
    SHARES
  • २०७९ चैत्र ५ गते आइतबार

    ९ अंकले घट्यो नेप्से, कारोवार रकम एक अर्ब माथि

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) ९.१४ अंकले घटेर १९२४.१७ विन्दुमा पुगेको छ । साताको पहिलो दिन नेप्सेमा ३१ लाख ६३ हजार ३ सय ८९ कित्ता शेयर १ अर्ब ६ करोड रुपैयाँ बराबर रकममा कारोवार भएको हो । बिहिबार नेप्सेमा १ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोवार भएको थियो । 

    आइतबार कारोवारमा आएका २१३ कम्पनी मध्ये ७४ वटाको शेयरमूल्य बढेको १२७ वटाको घटेको र १२ वटाको स्थिर रहेको छ । बजारका १३ उपसमूहमध्ये ५ वटाको सूचक बढेको छ । 

    आज कारोवारमा आएका ३ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्ने कम्पनीमा मानुसी लघुवित्त, युनिक नेपाल लघुवित्त र शुभम् पावर रहेका छन् । 

    आज सबैभन्दा धेरै रकमको कारोवार हिमालयन डिस्टिलरीको भएको छ । 


    images
    images

    Logo