images
images

त्रिभुवन राजपथको हेटौँडा–भैंसे सडकखण्ड अवरुद्ध


  • 277
    SHARES
  • २०७८ आषाढ १८ गते शुक्रबार

    त्रिभुवन राजपथको हेटौँडा–भैंसे सडकखण्ड अवरुद्ध

    मकवानपुर । गएरातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथअन्तर्गत पर्ने हेटौँडा–भैंसे सडकखण्ड अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिका–१ मा पर्ने बागझोरामा आएको बाढीले गर्दा हेटौँडाबाट जाने र भैंसे हुँदै हेटौँडा आउने यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक निमित्त प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । उनका अनुसार उक्त बाढीले बगाएको गिट्टी, बालुवा, ठूला–ठूला ढुङ्गा हटाई यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
     
    त्यस्तै भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जाने सडक पनि बिहीबारदेखि नै अवरुद्ध  छ । भीमफेदी–६ गढीमा ठूलो पहिरो गएको र अझै पानी नरोकिएका कारण  हटाउन समस्या भएकाले उक्त सडकखण्डमा पनि यातायत अवरुद्ध भएको उनले बताए । कान्ति लोकपथअन्तर्गत पर्ने  भीफेदी–८ गँगटेमा पनि पहिरो जाँदा बिहीबारदेखि नै यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


    images
    images

    Logo