images
images

सातामा ६९ अंकले घट्यो नेप्से, आगामी साता के होला ? 


  • 330
    SHARES
  • २०७९ चैत्र ४ गते शनिबार

    सातामा ६९ अंकले घट्यो नेप्से, आगामी साता के होला ? 

    काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ६९.४० अंकले घटेर  १ हजार ९ सय ३३ दशमलव ३० विन्दुमा झरेको छ । यस साता ५ कारोबार दिनमध्ये एक कारोबार दिन मात्र नेप्से परिसूचक बढेको थियो। यस साता मंगलबार नेप्से परिसूचक सामान्य अंक बढेको थियो भने बाँकी ४ कारोबार दिन नेप्से ओरालो लागेको थियो।

    यस साता नेप्सेको कुल बजार पूँजीकरण १ खर्बभन्दा बढी घटेको छ। गत साता २९ खर्ब १ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता  १ खर्ब ७ अर्ब रुपैयाँ घटेर २७ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ। 

    साताको पहिलो दिन आइतबार २८.६९ अंकले घटेर १ हजार ९ सय ७४ विन्दुमा पुगेको छ । सो दिन १ अर्ब ६६ करोड रुपैयाँ बराबर रकममा कारोवार भएको थियो । त्यस्तै, सोमबार २४.६८ अंकले घटेर १ हजार ९ सय ५१ दशमलव २१ विन्दुमा पुगेको थियो । सो दिन  १ अर्ब १६ करोड रुपैयाँ बराबर रकममा कारोवार भएको थियो । सोमबार नेप्सेसँगै कारोबार रकम पनि घटेको थियो । 

    त्यस्तै, साताको तेस्रो दिन मंगलबार १.८५ अङ्कले बढेर १ हजार ९ सय ५३ दशमलव ०६ विन्दुमा पुगेको थियो । सो दिन १ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सो दिन नेप्से झिनो अंकले बढेको थियो । 

    बुधबार १४.४४ अंकले घटेर १ हजार ९ सय ३८ दशमलव ६२ विन्दुमा पुगेको थियो । सो दिन १ अर्ब २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । विहीबार ५.३२ अंकको घटेर १ हजार ९ सय ३३ दशमलव ३१ विन्दुमा झरेको थियो । सो दिन १ अर्ब १४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ५.४५ प्रतिशत घटेको छ। त्यसैगरी, यस साता अन्य उपसमूहको परिसूचक सबैभन्दा कम १.३८ प्रतिशत घटेको छ।  यस साता सबैभन्दा कम म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२९ अंक घटेको छ।

    यस साता ५ कम्पनीको ११ करोड ६९ लाख ९९ हजार ७ सय ५८ दशमलव ९८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता चिलिमे जलविद्युत कम्पनी, प्राइम कमर्सियल बैंक र गुराँस लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो भने एचआईडिसिएलको संस्थापक शेयर र प्रभु बैंकको एक्विजिशनपश्चातको शेयर नेप्सेमा सूचीकृत भएको हो।

     


    images
    images

    Logo