images
images

बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँट, कतिले पाए १० कित्ता ?


  • 387
    SHARES
  • २०७९ चैत्र ३ गते शुक्रबार

    बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँट, कतिले पाए १० कित्ता ?

    काठमाडौं । बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको सो आईपीओ बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा सम्पन्न भएको हो । 

    लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिबाट १० कित्ताका दरले शेयर वितरण गरिएको छ  । जस अनुसार ८ हजार ९५ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हातखाली भएका छन् ।

    १ करोड ५७ लाख ३५ हजार ८ सय १० कित्ताको लागि आवेदन परेको थियो। जस मध्ये १५ सय ६ जनाको आवेदन रद्द भएको छ ।

    लघुवित्तले कुल ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर निष्काशन गरेको थियो। जसमध्ये ९ हजार ७ सय कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफँट गरि १ हजार ५ सय कित्ता शेयर कर्मचारीहरु तथा ४ हजार ८ सय ५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरि बाँकी रहेको ८० हजार ९ सय ५० कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । सोही शेयर आज बाँडफाँट गर्न लागेको हो । 


    images
    images

    Logo