काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ सारथी लघुवित्त र विजय लघुवित्तलाई मर्जरमा जानका लागि सैद्धान्तिक सहमति दिएको छ ।
दुई संस्थाबीच मर्जर १ः१ को सेयर अदानप्रदान अनुपात (स्वाप) रेसियोमा मर्जरमा जाने प्रारम्भिक सहमति भएको छ ।
मर्जरपछि बन्ने संस्थामा सञ्चालक समिति अधयक्ष नयाँ सारथी लघुवित्तबाट र प्रमुख कार्यकारी अधिकृतमा हालको विजय लघुवित्तका बसन्त लम्साल हुने सहमति भएको छ ।