images
images

तीन कम्पनीको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य ? 


  • 303
    SHARES
  • २०७९ चैत्र २ गते बिहीबार

    तीन कम्पनीको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य ? 

    काठमाडौं । तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । विहीबार मूल्य समायोजन हृनेमा स्वाभिमान लघुवित्त,  हिमालयन एभरेष्ट इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स रहेका छन् । 

    स्वाभिमान लघुवित्तले २०  प्रतिशत बोनस बापतको नेप्सेले विहीबार शेयर मुल्य समायोजन गरेको छ । समायोजना पछि सो कम्पनीको १ हजार  ५० रुपैयाँमा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ हजार २ सय ६० रुपैयाँमा भएको थियो ।

    त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सले ३.३२५ प्रतिशत बोनस बापतको नेप्सेले विहीबार शेयर मुल्य समायोजन गरेको छ । समायोजना पछि सो कम्पनीको ४ सय  दशमलव ६८ रुपैयाँमा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ४ सय १४ रुपैयाँमा भएको थियो ।

    हिमालयन एभरेष्ट इन्स्योरेन्सले २.७५ प्रतिशत बोनस बापतको नेप्सेले विहीबार शेयर मुल्य समायोजन गरेको छ । समायोजना पछि सो कम्पनीको ४ सय ८ दशमलव ७६ रुपैयाँमा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ४ सय २० रुपैयाँमा भएको थियो ।

    आज मूल्य समायोजन भएका कम्पनीहरुको समायोजित मूल्यका आधारमा आइतबार कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।

     


    images
    images

    Logo