काठमाडौं । बिहीबार नेप्से सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३२ अंकको घटेर १ हजार ९ सय ३३ दशमलव ३१ विन्दुमा झरेको छ । आज २ सय ५८ स्क्रिपको १ अर्ब १४ करोड रुपैयाँ बराबरको ३४ करोड २ लाख कित्ता शेयर किनबेच भएको छ ।
साताको अन्तिम दिन विहीबार कारोबारमा आएका ९२ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय १९ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थिर छ । यस दिन कारोबारमा आएका १३ उपसमूह मध्ये लगानी र ब्यापार उपसमूह बाहेक अन्य ११ उपसमूहको सूचक नकारात्मक देखिएका छन्।
आज सबैभन्दा धेरै एनआइसी एशियाको शेयर कारोबर भउको छ । आज कम्पनीको ४ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफको ३ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बिहीबार युनिक नेपाल लघुवित्त र सुभम पावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने किसान लघुवित्त र विन लघुवित्तको पनि ४ प्रतिशतले बढेको छ।



