काठमाडौं । १५ अर्ब भन्दा बढीको हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइएको छ । कुल ६ वटा कम्पनीले १५ अर्ब १३ करोड ३१ लाख रुपैयाँ बराबरका १५ करोड १३ लाख कित्ता हकप्रद शेयर निष्कासनको तयारी थालेका हुन् । यीमध्ये ५ वटा हाइड्रोपावर र एक विकास बैंक रहेका छन् ।
बोर्डमा आवेदन दिनेमध्ये सवैभन्दा ठुलो परिमाणको हकप्रद शेयर अपर तामाकोशी हाइड्रोपावरको रहेको छ । कम्पनीले १ः१ को अनुपातमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
त्यस्तै, अरुण कावेली पावर कम्पनीले १ः१ को अनुपातमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ लाख १ सय ५ कित्ताको लागि बोर्डमा आवेदन दिएको छ । सिनर्जी पावर कम्पनीले ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद शेयर निष्काशनको लागि बोर्डमा निवेदन दिएको छ । सो कम्पनीले २ः१ अनुपातमा हकप्रद निष्काशन गर्ने लागेको हो ।
हिमाल दोलखा हाइड्रोपावरले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्ने लागको छ । कम्पनीले १ः०.७५ अनुपातमा शेयर निष्काशन गर्ने लागेको हो भने नेशनल हाइड्रोपावरले १०ः५ अनुपातमा ८२ करोड २१ लाख ५४ करोड ९ सय ७१ रुपैयाँ बराबरको ८२ लाख २१ हजार ४ सय ५९ कित्ता हकप्रद शेयर निष्काशन गर्ने लागेको हो ।
त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकले २६ करोड २४ लाख ६७ हजार ६ सय रुपैयाँ बराबरको २६ लाख २४ हजार ६ सय ७६ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।



