काठमाडौं । चार सहसचिव सचिवमा बढुवा भएका छन् । बिहिवार साँझ सम्पन्न मन्त्रिपरिषद वैठकले प्रशासन समुहबाट दुई, इन्जिनियरिङ र वन तथा कृषि समुहबाट एक–एक जनालाई सचिवमा बढुवा गरेको हो ।
नेपाल सरकारको विशिष्ट श्रेणीको सचिव पदमा प्रशासन क्लष्टरवाट पदोन्नति हुने दामोदर रेग्मी र गणेश पाण्डे रहेका छन् । त्यसैगरी ईन्जिनियरिंगवाट प्रमिलादेवी शाक्य वज्राचार्य तथा वन तथा कृषि समुहवाट कृष्ण प्रसाद आचार्य सचिवमा बढुवा भएको मन्त्रिपरिषद् स्रोतले जनाएको छ ।