काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.४४ अंकले घटेर १ हजार ९ सय ३८ दशमलव ६२ विन्दुमा पुगेको छ । आज २ सय ५३ स्क्रिपको १ अर्ब २० करोड रुपैयाँ बराबरको ३७ लाख १६ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका मध्ये ५१ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ४९ कम्पनीको शेयर मूल्य घटेको छ भने १४ कम्पनीको शेयर मूल्यमा स्थिर आएको छ ।
आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । बैंकको १० करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमामाई हाइड्रोपावर कम्पनीको ७ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोडमाथिको शेयर कारोबार भएको छ ।
आज युनियन नेपाल लघुवित्त र शुभम पावर कम्पनीको ९.९९ प्रतिशतले बढेको छ भने विन्ध्यबासिनी हाइड्रोपावरको ६.४२ प्रतिशत बढेको छ ।



