images
images

रगत अभाव टार्न जगाती वृत्तले गर्यो रक्तदान कार्यक्रम, ७४ जनाले दिए रगत


  • 606
    SHARES
  • २०७८ आषाढ १७ गते बिहीबार

    रगत अभाव टार्न जगाती वृत्तले गर्यो रक्तदान कार्यक्रम, ७४ जनाले दिए रगत

    काठमाडौं । कोभिड–१९ महामारीसँगै घट्दै गएको रक्तदान कार्यक्रम र बढ्दै गएको रगतको मागलाई टार्न महानगरीय प्रहरी वृत्त जगातीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

    महानगरीय प्रहरी वृत्त जगाती र सेल्सबेरी डिपार्टमेन्ट स्टोर सुर्यविनायक शाखाको आयोजनामा बिहीबार सूर्यविनायक नगरपालिका वडा नम्बर ८ मा उक्त कार्यक्रम आयोजना गरिएको हो । 

    blood-donation-1.jpg

    सो कार्यक्रममा ७४ जनाले रक्तदान गरेको वृत्तका प्रमुख डिएसपी राजेश थापाले जानकारी दिए । त्यसमध्ये २६ जना स्थानीयवासी रक्तदानमा सहभागी भएका थिए ।

    वृत्तको आयोजनामा गरिएको यो दोस्रो वृहत् खुला रक्तदान कार्यक्रम हो । 


    images
    images

    Logo