images
images

बिपिडब्लु लघुवित्तकाे आईपीओ बाँडफाँटको मिति तय, कतिले पाउँछन् ?


  • 1.2K
    SHARES
  • २०७९ चैत्र १ गते बुधबार

    बिपिडब्लु लघुवित्तकाे आईपीओ बाँडफाँटको मिति तय, कतिले पाउँछन् ?

    काठमाडौं । बिपिडब्लु लघुवित्तकोे आईपीओ बाँडफाँटको मिति तय गरिएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरेको गरेको आईपीओ शुक्रवार बाँडफँट गर्न लागेको हो ।


    कम्पनी सो आईपीओ शुक्रवार मेगा क्यापिटलको कार्यालयमा बाँडफाँट गर्ने भएको छ । कम्पनीले फागुन १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो। 

    लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिबाट १० कित्ताका दरले शेयर वितरण हुनेछ । जस अनुसार ५ हजार ४ सय ७५ जनाले मात्रै शेयर पाउनेछन् ।

    लघुवित्तले कुल ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर निष्काशन गरेको थियो। जसमध्ये ९ हजार ७ सय कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफँट गरि १ हजार ५ सय कित्ता शेयर कर्मचारीहरु तथा ४ हजार ८ सय ५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरि बाँकी रहेको ८० हजार ९ सय ५० कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । सोही शेयर शुक्रवार काँडफाँट गर्न लागेको हो । 


    images
    images

    Logo