काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा ३१६, भक्तपुरमा २९ र ललितपुरमा ७४ जना संक्रमित थपिएको हो ।
उपत्यकामा अहिले ८ हजार ३५४ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
नेपालमा थप २,७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर कोरोना संक्रमणका कारण ३३ जनाको मृत्यु भएको छ ।