images
images

तीन कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मूल्य ? 


  • 302
    SHARES
  • २०७९ फाल्गुण ३० गते मंगलबार

    तीन कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मूल्य ? 

    काठमाडौं । तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।  मंगलबार मुल्य हुनेमा आरएमडीसी लघुवित्त, समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्त रहेका छन् । 

    आरएमडीसी लघुवित्तले २६ प्रतिशत बोनस बापतको नेप्सेले मंगलबार शेयर मुल्य समायोजन गरेको छ । समायोजना पछि सो कम्पनीको ७ सय ३८ दशमलव २५ रुपैयाँमा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ९ सय ३० दशमलव २० रुपैयाँमा भएको थियो । 

    त्यस्तै, समता घरेलु लघुवित्तले १५ प्रतिशत बोनस बापतको नेप्सेले मंगलबार शेयर मुल्य समायोजन गरेको छ । समायोजना पछि सो कम्पनीको ६ सय ३९ दशमलव ५७ रुपैयाँमा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ७ सय ३५ दशमलव ५० रुपैयाँमा भएको थियो । 

    मनकामना स्मार्ट लघुवित्तले ४.७५ प्रतिशत बोनस बापतको नेप्सेले मंगलबार शेयर मुल्य समायोजन गरेको छ । समायोजना पछि सो कम्पनीको ७ सय २५ दशमलव ५४ रुपैयाँमा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ७ सय ६० ५० रुपैयाँमा भएको थियो । 

    आज मूल्य समायोजन भएका कम्पनीहरुको समायोजित मूल्यका आधारमा बुधबार कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।

     


    images
    images

    Logo