काठमाडौं । आइएमई लाइफ इस्योरेन्सले आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । कम्पनीले फागुन २८ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले शेयरको अंकित मूल्य १०० रुपैयाँमा १ सय ७६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २ सय ७६ रुपैयाँमा शेयर निष्काशनको लागि अनुमति माग गरेको छ । बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्नेछ ।
कम्पनीले शेयर निष्काशनको लागि सिभिल क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।