images
images

कुमारी सुनौलो लगानी योजना चैत ९ गतेदेखि 


  • 282
    SHARES
  • २०७९ फाल्गुण ३० गते मंगलबार

    कुमारी सुनौलो लगानी योजना चैत ९ गतेदेखि 

    काठमाडौं । कुमारी क्यापिटलले कुमारी सुनौलो लगानी योजना चैत ९ गतेदेखि निष्काशन गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्काशन गर्न लागेको हो।

    १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक कुमारी बैंक लिमिटेडका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी ३ करोड ५० लाख इकाईका लागि आवेदन दिन क्यापिटलले जनाएको छ । 

    निष्काशन बन्द छिटोमा चैत १३ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत २३ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यस योजना एक खुलामुखि योजना हो।

    योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ भने प्रारम्भिक आकार ५० करोड रुपैयाँ रहेको छ। यस निष्काशनमा न्यूनतम ५० प्रतिशत अर्थात २ करोड ५० लाख इकाई बिक्री हुनु पर्नेछ। सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिने क्यापिटलले जनाएको छ। निष्काशन अवधिभरीमा ५० करोड रुपैयाँ बराबरको आवेदन नपरेमा बाँडफाँट भएपश्चात बाँकी रहेको इकाईलाई पनि एसआईपी मार्फत बिक्री गरिने क्यापिटलले जनाएको छ।

    योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

     


    images
    images

    Logo