images
images

२ कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो नयाँ मूल्य ?


  • 329
    SHARES
  • २०७९ फाल्गुण २९ गते सोमबार

    २ कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो नयाँ मूल्य ?

    काठमाडौं । नेप्सेले २ कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । सोमवार कृषि विकास बैंक र स्वोरोजगार लघुवित्तको शेयर मुल्य आज समायोजन भएको हो ।

    कृषि विकास बैंकले घोषणा गरेको २ प्रतिशत बोनस शेयर पछि मुल्य समायोजन भएको हो । समायोजन पछि कम्पनीको मुल्य २ सय ९३ रुपैयाँ १४ पैसा कायम भएको छ सो कम्पनीको अन्तिम कारोवार मूल्य २ सय ९९ रुपैयाँमा भएको थियो । 

    त्यस्तै, स्वोरोजगार लघुवित्तको २२ प्रतिशत बोनस शेयरपछि आज मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको मुल्य ६ सय ६३ रुपैयाँ ९३ पैसा कायम भएको छ सो कम्पनीको अन्तिम कारोवार मूल्य ८ सय १० रुपैयाँमा भएको थियो । 

     मुल्य समायोजन पछि कायम हुने नयाँ मुल्यको आधारमा मंगलवार ती कम्पनीको शेयर कारोबार सुरु हुनेछ ।


    images
    images

    Logo