काठमाडौं । आज सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिई सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकिकृत कारोवार गरेका छन् । आज नै बसेको सञ्चालक समितिको पहिलो बैठकले दुबै कम्पनीहरुको तर्फबाट ३/३ जना सञ्चालक रहने गरी सञ्चालक समितिको गठन गरिएको छ ।
साबिक सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फबाट अजिथ आर. गुणवर्द्धन (संस्थापक समूह–सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलँका) सिद्धार्थ मणि राजभण्डारी, (संस्थापक समूह) गजेन्द्र लाल श्रेष्ठ, (सर्बसाधारण समूह) र त्यस्तै गरि साबिक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. का तर्फबाट मनोहर दास मुल, (संस्थापक समूह)अरुण राज श्रेष्ठ, (संस्थापक समूह)कमल भटृराई, (सर्बसाधारण समूह) गरि ६ जनाको सञ्चालक समितिका नियुक्त गरेका छन् ।
त्यसै गरी बैठकले साबिकको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्षमा मनोहर दास मुललाई नियुक्त गरिएको छ । उनले आजै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।



