काठमाडौं । कृषि विकास बैंक र स्वरोजगार लघुवित्तको शेयरमूल्य समायोजन भएको छ । बोनस शेयरको वितरण पश्चात् दुई कम्पनीको शेयरमूल्य समायोजन भएको हो ।
२ प्रतिशत बोनस शेयर वितरण गरेपछि कृषि विकास बैंकको मूल्य समायोजन भएर २९३.१४ रुपैयाँ पुगेको छ । सोमबार २९९ रुपैयाँमा कारोवार भएको उक्त बैंकको शेयर मंगलबारबाट समायोजन पछिको मूल्यमा कारोवार हुनेछ ।
२२ प्रतिशत बोनस वितरण पछि स्वरोजगार लघुवित्तको मूल्य समायोजन भएर ६६३.९३ रुपैयाँ पुगेको छ । सोमबार बजारमा ८१० रुपैयाँमा कारोवार भएको उक्त लघुवित्तको शेयर मंगलबारबाट ६६३.९३ रुपैयाँमा कारोवार हुनेछ ।