काठमाडौं । सीवाईसी र आँधिखोलाको शेयर कारोवार मंगलबारदेखि रोक्का हुने भएको छ । मर्जरपछि एकीकृत कारोवार हुने भएसँगै नेपाल स्टक एक्स्चेञ्जले शेयर कारोवार रोक्का गरेको हो ।
सो कम्पनीहरुबीचको एकीकृत कारोवार मंगलबारदेखि नै हुँदैछ । अबको कारोवार मर्जरपछि बन्ने कम्पनीको नामबाट हुनेछ । धितोपत्र कारोवार सञ्चालन नियमावलीले बढीमा १५ दिनभित्र उक्त कारोवार सुरु गर्ने व्यवस्था गरेअनुसार नयाँ कारोवार खुला हुनेछ ।