काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) २४.६८ अंकले घटेर १९५१.२१ विन्दुमा पुगेको छ । साताको दोस्रो दिन नेप्सेमा ३३ लाख ६९ हजार १ सय ३६ कित्ता शेयर १ अर्ब १६ करोड रुपैयाँ बराबर रकममा कारोवार भएको छ । आइतबार नेप्सेमा १ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोवार भएको थियो ।
आज कारोवारमा आएका २१६ कम्पनीमध्ये २४ वटाको शेयरमूल्य बढेको, १८७ वटाको घटेको र ५ वटाको स्थिर रहेको छ । बजारमा रहेका १३ उपसमूहमध्ये सबैको सूचक घटेका छन् ।
सोमबार कारोवारमा आएका कुनैपनि कम्पनीको शेयरमूल्यमा सकारात्मक वा नकारात्मक सर्किट लागेको छैन ।