images
images

ग्यास उद्योगमा बाढीको बितन्डा, ३२ किलोमिटरसम्म बगायो सिलिन्डर


  • 1.3K
    SHARES
  • २०७८ आषाढ १७ गते बिहीबार

    ग्यास उद्योगमा बाढीको बितन्डा, ३२ किलोमिटरसम्म बगायो सिलिन्डर

    चितवन । अविरल वर्षासँगै आएको बाढीका कारण चितवनस्थित ग्यास उद्योगमा क्षति पुगेको छ । कयर खोलामा आएको बाढीका कारण चितवनको खैरहनी नगरपालिका–१ मा रहेका ग्यास उद्योगहरुमा क्षति पुगेको हो ।

    2.jpg

    बिहान ६ बजे पसेको बाढीले सो क्षेत्रमा रहेका बाबा ग्यास उद्योग, साईबाबा ग्यास उद्योग, नेपाल ग्यास उद्योग लगायतमा क्षति पुगेको जनाइएको छ । तीव्र गतिको बाढी पस्दा उद्योगमा रहेका खाली तथा भरिएका सिलिन्डरहरु बाढीले बगाएर लगेको छ । 

    4.jpg

    नेपालकै दोस्रो ठूलो बाबा ग्यासमा पसेको बाढीले हजारौं सिलिन्डर बगाएर लगेको उद्योगका निर्देशक विमल कालाखेतीले जानकारी दिए । उनका अनुसार बगेका ग्यास सिलिन्डर ३२ किलोमिटर टाढा मेघौलीसम्म पुगेको भेटिएको छ । दैनिक ५ हजार सिलिन्डर ग्यास उत्पादन गर्ने उद्योगले सो प्लान्टमार्फत् प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ग्यास वितरण आपूर्ति गर्दै आएको थियो । 

    1.jpg

    बाढीबाट के कति क्षति भयो त्यसको एकीन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । तर प्रारम्भिक आकलन अनुसार बाढीले ग्यास उद्योगहरुमा करोडौं रुपैयाँको क्षति पुर्याएको छ । यद्यपि बाढीका कारण मानवीय क्षति भने हुन पाएन । प्रहरीको सहयोगमा उद्योगमा रहेका ३० जना मजदूरको सकुसल उद्दार गरिएको निर्देशक कालाखेतीको भनाइ छ । 

    3.jpg5.jpg

    4.jpg


    images
    images

    Logo