images
images

आजदेखि एकिकृत कारोबार गर्दै २ इन्स्योरेन्स कम्पनी, १५ दिन शेयर कारोबार रोक्का


  • 256
    SHARES
  • २०७९ फाल्गुण २९ गते सोमबार

    आजदेखि एकिकृत कारोबार गर्दै २ इन्स्योरेन्स कम्पनी, १५ दिन शेयर कारोबार रोक्का

    काठमाडौं । २ इन्स्योरेन्स कम्पनीले आजदेखि एकिकृत कारोबार गर्दैछन् । आजदेखि सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले एकिकृत कारोबार गर्ने भएका हुन् । 

    मर्जर प्रकृया सकेर यी दुवै कम्पनीले सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नामबमट एकिकृत कारोबार गर्न लागेका छन् । दुई कम्पनी विच १०० बराबर ८० को अनुपातमा मर्जर भएको हो ।

    मर्जर पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड पुग्नेछ । मर्जर पछि संचालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका मनोहर दास मूल र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनीका सीईओ चंकी क्षेत्री रहने छन् । संचालक समितिमा दुवै कम्पनीको तर्फबाट ३र३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन् ।


    images
    images

    Logo