काठमाडौं । २ कम्पनीको साधारणसभा आज हुँदै छ । सोमवार सिभिल लघुवित्त र लक्ष्मी लघुवित्तले साधारणसभा गर्न लागेका हुन् ।
सभा घोषणा गरेका कम्पनीमा सिभिल लघुवित्तले बोगनभ्याली इभेन्ट्स, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले प्रस्ताव गरेको ११ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत ०.५७८९ प्रतिशत नगद लाभांश पारित गर्ने, ५१ः४९ को अनुपातमा संस्थापक शेयरलाई सार्वजनिक शेयरमा रूपान्तरण गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, लगायतका एजेण्डा रहेको छ ।
त्यतै, लक्ष्मी लघुवित्तले अग्रवाल भवन, कमलपोखरी, काठमाडौं बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले प्रस्ताव गरेको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत ५ प्रतिशत नगद लाभांश पारित गर्ने, निर्देशकहरूको निर्वाचन गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, लगायतका एजेण्डा रहेका छन् ।



