काठमाडौं । कृषि विकास बैंकसहित २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सोमवार कृषि विकास बैंक र स्वोरोजगार लघुवित्तले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
यी कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनकालागि फागुन ३० गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । तसर्थ फागुन २९ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो लाभांश लिन र उक्त साधारण सभामा सहभागि हुन पाउनेछन् ।
कृषि विकास बैंकले चैत १४ गते साधारणसभा बोलाएको छ । उक्त कम्पनीले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको २ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यस्तै, स्वोरोजगार लघुवित्तको चुक्ता पुँजीको २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १.१५७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न चैत ११ गते साधारणसभा बोलाएको छ।
यस अनुसार फागुन २९ गतेसम्म कायम भएका शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।



