काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक २८.६९ अंकले घटेर १९७४ विन्दुमा पुगेको छ । साताको पहिलो दिन बजारमा ४७ लाख ७२ हजार १ सय ४० कित्ता शेयर १ अर्ब ६६ करोड रुपैयाँ बराबर रकममा कारोवार भएको हो । बिहिबार १ अर्ब ५६ करोड रुपैयाँ बराबर रकमको कारोवार भएको थियो ।
आज कारोवारमा आएका २ सय १८ मध्ये २६ वटा कम्पनीको शेयरमूल्य बढेको, १ सय ८६ वटाको घटेको र ६ वटाको स्थिर रहेको छ । बजारका १३ मध्ये सबै उपसमूहका सूचक घटेका छन् ।
आइतबार कारोवारमा आएका मध्ये कुनैपनि कम्पनीको शेयरमूल्यमा सकारात्मक वा नकारात्मक सर्किट लागेको छैन । शुभम् पावर लिमिटेडको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज शिवम् सिमेन्टको कारोवार रकम सबैभन्दा धेरै रहेको छ ।