काठमाडौं । अपि पावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । विद्युत नियमन आयोगको २६ गते बसेको वैठकले सहमति दिएको हो ।
कम्पनीले बोनश शेयर वितरण गरेपछि कायम भएको चुक्ता पुँजीे ४ अर्ब १३ करोड ३२ लाख रुपैयाँको एक बराबर ०.४० प्रतिशतले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । त्यसअनुसार कम्पनीले १०० रुपैयाँको दरले १ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ बराबरको १ करोड ६५ लाख ३३ हजार १ सय ३७ कित्ता शेयर निष्कासन गर्नेछ ।