images
images

भोलीदेखि २ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का, यस्तो छ कारण


  • 711
    SHARES
  • २०७९ फाल्गुण २८ गते आइतबार

    भोलीदेखि २ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का, यस्तो छ कारण

    काठमाडौं । सोमवारदेखि २ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार १५ दिन रोक्का हुने भएको छ । नेप्सेले सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर कारोबार १५ दिन रोक्का हुने भएको हो । 

    मर्जर प्रकृयामा रहेका यी दुबै कम्पनीले सोमवारदेखि एकिकृत कारोबार गर्ने भएका छन् । यी कम्पनीले भोलीदेखि सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार गर्ने निर्णय गरेसँगै एकिकृत कारोबार प्रयोजनका लागि नेप्सेले शेयर कारोबार रोक्का गर्न लागेको हो । 

    २९ गतेदेखि दुबै कम्पनीले एकीकृत कारोबार गर्ने भएकोले शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि शेयर कारोबार बन्द गर्न लागेको कम्पनीेले जनाएको छ । 


    images
    images

    Logo