काठमाडौं । आत्मनिर्भर लघुवित्तको आइपिओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको सो आईपीओ आज बिहान बिक्री प्रबन्धक सनराइज क्यापिटल कार्यालयमा बाँडफाँट गरिएको हो ।
उक्त आईपीओमा कुल १५ लाख ३८ हजार ४ सय ६६ जनाले १ करोड ६८ लाख १३ लाख १ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये २ हजार २ सय ३ जनाको आवेदन रद्द भएको र योग्य आवेदकको संख्या १५ लाख ३६ हजार २ सय ६३ जना कायम रहेको क्यापिटलले जनाएको छ ।
लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिबाट १० कित्ताका दरले शेयर वितरण गरिएको छ । जसअनुसार १६ हजार ९ सय ७६ जनाले मात्र शेयर पाएका छन् । त्यसमध्ये पनि ५ जनाले ११ कित्ता शेयर पाएका छन् ।
कम्पनीले फागुन ११ गतेदेखि कुल २ करोड ३ लाख ३८ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । सो शेयरमध्ये २० हजार ३ सय ३८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफँट गरि ३ हजार १ सय १७ कित्ता शेयर कर्मचारीहरुका लागि र १० हजार १ सय ७० कित्ता सामुहिक लगानी कोषहरुका लागि सुरक्षित गरेर बाँकी रहेको १ करोड ६९ लाख ५५ हजार कित्ता शेयर सर्वसाधारणका निष्काशन गरेको थियो ।



