images
images

सातामा ३३ अंकले बढ्यो नेप्से, आगामी साता के होला ? 


  • 293
    SHARES
  • २०७९ फाल्गुण २७ गते शनिबार

    सातामा ३३ अंकले बढ्यो नेप्से, आगामी साता के होला ? 

    काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ३३.६८ अंकले बढेर २ हजार २ दशमलव ७० विन्दुमा पुगेको छ।  यस साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन मात्र बजार खुलेको थियो। जसमध्ये २ कारोबार दिन नेप्से उकालो लागेको थियो भने १ कारोबार दिन ओरालो लागेको थियो।

    यस साता नेप्सेसँगै कुल बजार पूँजीकरण पनि बढेको छ। गत साता  २८ खर्ब ४४ अर्ब रुपैयाँ रहेको नेप्से यस साता ५६ अर्ब रुपैयाँ बढेर २९ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ। 

    साताको पहिलो दिन आइतबार ३०.७७ अंकले घटेर १ हजार ९ सय ३८ दशमलव २५ विन्दुमा झरेको थियो । सो दिन  १ अर्ब ३९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । साताको दोस्रो दिन सोमबार फागु पुर्णिमा परेको कारणले सरकारले सार्वजनिक विदा दिएको थियो । सो कारणले सो दिन शेयर कारोबार बन्द भएको थियो । 

    त्यस्तै, साताको तेस्रो दिन मंगलबार  १४.४१ अंकले बढेर १ हजार ९ सय ५२ दशमलव ६६ विन्दुमा पुगेको थियो । सो १ अर्ब २० करोड रुपौयँ बराबरको शेयर कारोबार भएको थियो सो दिन शेयर बजार बढेपनि कारोबार रकम भने बढेको थिएन् । 

    बुधबार नारी दिवस परेको कारणले गर्दा शेयर कारोबार भएको थियो । साताको अन्तिम दिन अथात् विहीबार शेयर बजार बढेर म)गलबारलाई निरन्तरता दिएको थियो । सो दिन ५०.०४ अंकले बढेर २ हजार २ दशमलव ७० विन्दुमा पुगेको थियो । सोही दिन कारोबार रकम पनि बढेको १ अर्ब ५६ करोड रुपैयाँ बराबरमा कारोवार भएको थियो ।

    यस साता १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक मात्र घटेको छ। १२ उपसमूहको परिसूचक यस साता बढेको छ। जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.१४ प्रतिशत बढेको छ। त्यस्तै, जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक मात्र घटेको हो। सो उपसमूहको परिसूचक यस साता २.६० प्रतिशत घटेको छ।

    यस साता नेप्सेमा कुल ९ कम्पनीको १३ करोड ९५ लाख ३७ हजार ५ सय ३५ कित्ता शेयर सूचीकृत भएको छ। यस साता ८ कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ भने सिभिल बैंकलाई एक्वायर गरेको हिमालयन बैंकको ७ करोड ६५ लाख ३ हजार ९ सय १८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।


    images
    images

    Logo