images
images

सर्वोत्तम स्टिलले शेयर निष्काशन गर्ने, विक्री प्रबन्धक प्रभु क्यापिटल नियुक्त 


  • 417
    SHARES
  • २०७९ फाल्गुण २६ गते शुक्रबार

    सर्वोत्तम स्टिलले शेयर निष्काशन गर्ने, विक्री प्रबन्धक प्रभु क्यापिटल नियुक्त 

    काठमाडौं । सर्वोत्तम स्टिल लिमिटेडको शेयर निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । शुक्रबार सर्वसाधारणमा जारी पूँजी मध्ये १२.६६३ प्रतिशत शेयर सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । 

    सर्वोत्तम स्टिल लिमिटेडलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द नेपाल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले  सम्झौतामा हस्ताक्षर गरेका छन् । 

    सौरभ गु्रप द्धारा संचालित सर्वोत्तम स्टिल लिमिटेडले विभिन्न प्रकारका गुणस्तरीय डण्डी तथा बिलेटहरुको उत्पादन गरी बिक्री वितरण गर्दे आईरहेको छ । 

     


    images
    images

    Logo