काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ आजदेखि निष्काशन हुने भएको छ । कम्पनीले सो आईपीओ सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारणको लागि कुल ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गर्न लागेको छ । जसमध्ये २ लाख ४९ हजार ९ सय ३६ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि र ४ लाख ९९ हजार ८ सय ७५ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ । बाँकी रहेको ४२ लाख ४८ हजार ९ सय ८३ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। यस्तो निष्काशन बन्द छिटोमा फागुन ३० गते हुनेछ भने ढिलोमा चैत १० गते हुनेछ। कम्पनीको
शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।



