images
images

आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँटको मिति तय, कतिले पाउँछन् आईपीओ ?


  • 647
    SHARES
  • २०७९ फाल्गुण २५ गते बिहीबार

    आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँटको मिति तय, कतिले पाउँछन् आईपीओ ?

    काठमाडौं । आत्मनिर्भर लघुवित्तले आईपीओ बाँडफाँटको मिति तय गरेको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरेको गरेको आईपीओ आइतवार बाँडफँट गर्न लागेको हो । 

    कम्पनीले आइतवार विहान विक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा बाँडफँट गर्न लागेको  क्यापिटलले जनाएको छ । कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो। 

    लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिबाट १० कित्ताका दरले शेयर वितरण हुनेछ । जस अनुसार १६ हजार ९ सय ७५ जनाले मात्रै शेयर पाउनेछन् ।

    कम्पनीले  कुल २ करोड ३ लाख ३८ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । सो शेयरमध्ये २० हजार ३ सय ३८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफँट गरि ३ हजार १ सय १७ कित्ता शेयर कर्मचारीहरुका लागि र १० हजार १ सय ७० कित्ता सामुहिक लगानी कोषहरुका लागि सुरक्षित गरेर बाँकी रहेको १ करोड ६९ लाख ५५ हजार कित्ता शेयर सर्वसाधारणका निष्काशन गरेको थियो । 


    images
    images

    Logo