काठमाडौं । साना किसान लघुवित्तको शेयर मुल्य समायोजना भएको छ । बिहीवार नेप्सेले उक्त कम्पनीको प्रस्तावित २६ प्रतिशत बोनस शेयर पश्चात मुल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य ८ सय ८८ दशमलव १० रुपैयाँ कायम भएको छ भने सो कम्पनीको अन्तिम कारोबार १ हजार १ सय १९ रुपैयाँमा भएको थियो ।
समायोजनसँगै आइतबार साे कम्पनीहरुको कारोबार नयाँ मूल्यका आधारमा सुरु हुनेछ ।