काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत ३ वटा कम्पनीको शेयरमूल्य समायोजन भएका छन् । प्रस्तावित बोनस शेयरपछि ती कम्पनीहरुको मूल्य समायोजन भएका हुन् । यसरी समायोजन हुने कम्पनीहरुमा साल्ट ट्रेडिङ कर्पोरेशन, सांग्रीला डेभलपमेन्ट बैक र आशा लघुवित्त वित्तीय संस्था रहेका छन् ।
साल्ट ट्रेडिङको १० प्रतिशत बोनस शेयरपछि ३९४०.९१ रुपैयाँमा मूल्य समायोजन भएको छ । सो कम्पनीको बिहिबारको अन्तिम कारोवार मूल्य ४३३५ रुपैयाँ थियो ।
त्यस्तै, सांग्रीला डेभलपमेन्ट बैंकको ८.५३४ प्रतिशत बोनस पछि ३११.४२ रुपैयाँमा मूल्य समायोजन भएको छ । सो कम्पनीको बिहिबारको अन्तिम कारोवार मूल्य ३३८ रुपैयाँ थियो ।
बिहिबार ८६० रुपैयाँमा अन्तिम कारोवार भएको आशा लघुवित्तको शेयर ७५२.५० रुपैयाँमा समायोजन भएको छ । सो संस्थाले १४.२८५७ प्रतिशत बोनस शेयर घोषणा गरेको थियो ।
समायोजनसँगै आइतबारदेखि ती कम्पनीहरुको कारोवार नयाँ मूल्यका आधारमा सुरु हुनेछ । प्रस्तावित बोनस शेयर भने सम्बन्धित कम्पनीको साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण गरिनेछ ।



