काठमाडौं । मंगलबार बढेर बन्द भएको शेयर बजारले साताको अन्तिम दिन पनि निरन्तरता कायमै राखेको छ । बिहिबार नेप्से ५०.०४ अंकले बढेर २००२.७० विन्दुमा पुगेको छ । मंगलबार शेयरबजार १४.४१ अंकले बढेको थियो । बिहिबार नेप्सेमा ४५ लाख ६६ हजार ४३ कित्ता शेयर १ अर्ब ५६ करोड रुपैयाँ बराबरमा कारोवार भएको हो ।
आज कारोवारमा आएका २१८ कम्पनीमध्ये २१३ वटाको शेयरमूल्य बढेको, ३ वटाको घटेको र २ वटाको स्थिर रहेको छ । १३ मध्ये सबै उपसमूहको सूचक बढेको छ ।
दोहोरो अंकले परिसूचक बढ्दा पनि आज कुनै पनि कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट भने लाग्न सकेन । शुभम् पावर र नेपाल इन्स्योरेन्सको शेयरमूल्यमा ९ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ ।
आज शिवम् सिमेन्टको कारोवार रकम सबैभन्दा धेरै रहेको छ ।