काठमाडौं । नेप्सेमा २ कम्पनीको बोनस शेयर सुचीकृत भएको छ । बिहीवार प्राइम लाइफ इन्स्योरेन्स र बुटवल पावर कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
प्राइम लाइफ इन्स्योरेन्सको १३ प्रतिशत बोनस शेयर वापतको ३६ लाख १३ हजार ५ सय कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ भने बुटवल पावर कम्पनीको ५ प्रतिशत बोनस शेयर वापतको १६ लाख २७ हजार ३ सय ७८ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ ।
सुचीकरणसँगै यी दुबै कम्पनीको शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ ।