काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५७२ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौं जिल्लामा ४३६, ललितपुरमा १८९ र भक्तपुरमा ४७ जना छन् ।
देशभर पछिल्लो २४ घण्टामा २८९२ जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ३८ हजार ८०५ (पीसीआर) र ३४ हजार ९४४ (एन्टिजेन) जना पुगेको छ ।
यस्तै निको हुने संख्या ५ लाख ९६ हजार १३२ पुगेको छ भने मृतकको संख्या ९ हजार ११२ पुगेको छ।
यसैगरि पछिल्लो २४ घण्टामा ४१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।