images
images

माई खोला हाइड्रोपावरको आईपीओ आजदेखि


  • 554
    SHARES
  • २०७९ फाल्गुण २५ गते बिहीबार

    माई खोला हाइड्रोपावरको आईपीओ आजदेखि

    काठमाडौं । माई खोला हाइड्रोपावरको आईपीओ आजदेखि निष्काशन हुने भएको छ । कम्पनील सो आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो । 

    कम्पनीले ३ करोड ९२ लाख १५ हजार ७ सय  रुपैयाँ बराबरको  ३ लाख ९२ हजार १ सय ५७ कित्ता आईपीओ स्थानिय बासिन्दाका लागि जारि गर्न लागेको छ भने सर्वसाधारणका लागि छुट्याएको आईपीयो मध्ये १ लाख ५२ हजार ९ सय ४१ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्ने कम्पनीले जनाएको छ । 

    उक्त आईपओिमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

    सो आईपीओमा चैत ९ गतेसम्म आवेदन दिन सकिनेछ भने स्थानीयका लागि सो समयभित्र पुर्ण रुपमा आवेदन नपरेमा आवेदन दिने समय  चैत २४ गतेसम्म लम्बिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo