images
images

मोदी इनर्जीको आईपीओ आजदेखि, कस कसले दिने आवेदन ?


  • 244
    SHARES
  • २०७९ फाल्गुण २५ गते बिहीबार

    मोदी इनर्जीको आईपीओ आजदेखि, कस कसले दिने आवेदन ?

    काठमाडौं । मोदी इनर्जीको आईपीओको आजदेखि खुल्दैछ ।  कम्पनीले स्थानीयवासी तथा वैदेशिक रोजगारीमा जानेहरुका लागि उक्त आईपीओ निष्काशन गरेको हो । 

    कम्पनीको २ अर्ब ९० करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ७२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनको तय गरेको थियो । यसमध्ये २९ करोड रुपैयाँ बराबरको शेयर आयोजना प्रभावित तथा स्थानीयवासीका लागि तथा ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा जानेहका लागि छुट्याइएको छ । बाँकी भने आम सर्वसाधारणका लागि वितरण हुनेछ । 

    म्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

    आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा चैत ९ गते हुनेछ भने ढिलोमा चैत २४ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने चैत ९ गतेभित्र आवेदन दिनु पर्नेछ।


    images
    images

    Logo